×

बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल

images

बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

बैठकमा प्रदेशसभाका २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा सत्तारुढ गठबन्धनका सात, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का आठ, विवेकशील साझा पार्टीका दुई, राप्रपाका दुई र नेमकिपाका एक जना प्रदेशसभा सदस्यले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा सत्तारुढ दल नेकपा (एकीकृत समाजावादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउनुभयो । 

उहाँहरुले विगतमा चार वर्षसम्म सरकारको नेतृत्व गर्ने दलले ल्याउन नसकेको योजना नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सफल भएको बताउनुभयो ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताउनुभयो ।

प्रदेशसभाको अर्को बैठक भोलि विहीबार बिहान ८ बजे बस्नेछ ।      

बुधबार १८ जेठ २०७९ १०:१५ PM मा प्रकाशित

प्रतिक्रिया