नेकपा एमालेबाट काठमाण्डाै महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुने गरी काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकैदिनमा त्याे काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताउनुभयो ।
आज आइतवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मेयर भएकाे भाेलिपल्ट सगुन खाने र पर्सिपल्टबाट काम सुरु गर्ने बताउनुभयो । मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘मेयर भएकाे दिन सगुन खाने हाे र त्यसकाे भाेलिपल्टबाट नागरिककाे पीडालाई सुनेर काम गर्ने हाे । विभिन्न ठाउँबाट आएका मानिसलाई काठमाण्डाैमा संरक्षण गर्न अगुवाइ गर्ने पनि मेराे काम हुनेछ ।
आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गर्नुभयो । काठमाण्डाै महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रूपमा आफूले विकास गर्न चाहेको स्थापितकाे भनाइ छ ।
प्रतिक्रिया