×

क्यानले मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने

images

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नविकरण नगर्ने भएको छ। दुई वर्षअघि नेपाली राष्ट्रिय टीमको प्रशिक्षकमा नियुक्त भएका उनको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानले जनाएको छ।

क्यानले देसाईलाई बिदाई गर्दै उनको प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टीमलेk गरेको उत्कृष्ट प्रदर्शन र सफलताको लागि उनलाई धन्यवाद ज्ञापनसमेत गरेको छ । क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक मोन्टीसँगको सम्झौताको दुई वर्ष समाप्त भएको र क्यानले उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए।

देसाई २०७९ माघमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो। यस्तै नेपालले पहिलोपटक एसिया कप तथा १० वर्षपछि आईसीसी टी-२० विश्वकप पनि उनकै प्रशिक्षणमा खेलेको थियो।

शनिबार १९ माघ २०८१ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया