×

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

images

कैलाली – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट   चयन भएका छन् । दुईदेखि जारी माओवादी संसदीय दलको बैठकले भटट्लाई सर्वसम्मत संसदीय दलको नेतामा चयनमा गरेको हो । 

संसदीय दल आइतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो। स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन्।

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ। डडेल्धुरा प्रदेश सभा (१) बाट निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् ।

आइतबार​ १७ पुस २०७९ ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया