काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २२ सय रुपैयाँले बढेको हो । यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यकाे रेकर्ड कायम गरेको छ।
यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर २ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया