×

हट्यो हवाई यात्रामा अनिवार्य कोरोनाविरूद्ध लगाएको खोप कार्ड बोक्न पर्ने नियम

images

काठमाडौं । सरकारले हवाई यात्रामा अनिवार्य कोरोनाविरूद्ध लगाएको खोप कार्ड बोक्न पर्ने नियम हटाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हवाई यात्रामा अनिवार्य गरेको कोरोनाविरूद्धको खोप कार्ड र कोरोना परीक्षण नेगेटीभ रिपोर्ट कार्डको नियम हटाएको हो।

मन्त्रालयले आइतबार नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पत्र पठाउँदै उक्त नियम कार्यान्वयन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले यो नियम लागू गरेसँगै हवाई यात्रामा यसअगाडि अनिवार्य गरेको कोरोना क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट हटेको छ। नेपालबाट विदेशयात्रामा जानेहरूको हकमा भने जानेदेशभले तोकेको नियम भने पालना गर्नुपर्ने हुन्छ। 

तर, नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोके अनुसारका कागजात बोक्नु पर्छ । विश्व स्वास्थ्य संकठनले ५ मे २०२३ मा एक सिफारिस जारी गरी कोभिड-१९ लाई विश्वव्यापी महामारीबाट हटाएको छ ।

मङ्गलबार १६ जेठ २०८० ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया