×

लुटियो दिनदहाडै बैंक

images

महोत्तरी- महोत्तरीमा एनएमबी बैंकमा लुटपाट भएको छ। हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए। उनीहरूले हतियार समेत बोकेका थिए। 


प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंक लुटपाट गरेपछि मोटरसाइकलमा दुईजना पर्सातिर र दुईजना प्रकौलितिर भागेका छन् । बैंकबाट प्रहरी चौकी करिब ७ सय मिटरको दुरीमा छन् । 


 

मङ्गलबार १६ जेठ २०८० ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया