×

विश्वका १० खतरनाक पर्यटकीय स्थल

images

 

हवाई, संयुक्त राज्य अमेरिकाको ज्वालामुखी भ्रमण: (Volcano Tours in Hawaii, USA):

हवाईयन द्वीपसमूह संयुक्त राज्य अमेरिकाको प्रशान्त महासागरको बीचमा अवस्थित एउटा प्रान्त हो। यो संसारको सबैभन्दा खतरनाक पर्यटक स्थलहरुमध्ये एक हो। यहाँ चारैतिर सक्रिय ज्वालामुखी रहेका छन् । भनिन्छ कि यो संसारमा एक मात्र ठाउँ हो जहाँ सक्रिय ज्वालामुखी यति नजिकबाट देख्न सकिन्छ।

Mount Kilauea को पछि विस्फोट भएको अन्तिम सक्रिय ज्वालामुखी हो। त्यहाँ संसारको सबैभन्दा ठूलो ज्वालामुखी पनि हो । जसलाई मौना लोआ भनिन्छ। यो समुद्र सतहदेखि १३६८० फिट छ। यहाँ पर्यटक गएमा घुमाउने व्यवस्था पनि छ। जसले पर्यटकलाई ज्वालामुखी देखाउन नजिकै पुर्याउने गर्दछ ।

यहाँ पर्यटकहरूले लाभाका नदीहरू पनि हेर्न सक्छन्। यहाँ लाभाको धुवाँका कारण पुरै क्षेत्र कालो देखिन्छ र यहाँ चट्टान उड्ने र समुन्द्रको पानीमा आगो लागेको पनि धेरैले जानकारी दिएका थिए । यस्तो वातावरण देखेर डर लाग्न सक्छ ।

डेथ भ्याली राष्ट्रिय निकुञ्ज, संयुक्त राज्य अमेरिका: (Death Valley National Park, USA):

डेथ भ्यालीलाई विश्वको सबैभन्दा रमणीय उपत्यका मध्ये एक मानिन्छ। यो नेभाडा र क्यालिफोर्निया बीच स्थित छ। डेथ भ्याली उत्तर अमेरिकाको सबैभन्दा तल्लो बिन्दुमा पर्दछ । यस उपत्यकामा पृथ्वीको उच्चतम तापक्रम अर्थात् ५६.७ डिग्री सेल्सियस (१३४ डिग्री फारेनहाइट) रेकर्ड गरिएको छ।

ह्यारी पोटर फिल्मका अभिनेता डेभ लेजेनोको पनि डेथ भ्यालीको चर्को गर्मीमा मृत्यु भएको बताइएको छ । केही रिपोर्टहरूका अनुसार डेथ भ्यालीमा लगभग ३००– ३५० कि. मि.सम्म चट्टानहरू स्वचालित रूपमा एक ठाउँबाट अर्को ठाउँमा सर्छन्। डेथ भ्याली संसारको सबैभन्दा सुख्खा ठाउँहरू मध्ये एक हो। फराकिलो पहाड, खाडल, दुर्लभ प्रजातिका माछा, कालो रातको आकाशको अनौठो घटना अहिलेसम्म रहस्य नै बनेको छ ।

स्नेक आइल्याण्ड, ब्राजिल:(Snake Island, Brazil):

ब्राजिलको स्नेक आइल्याण्ड संसारको सबैभन्दा खतरनाक ठाउँहरू मध्ये एक हो। ब्राजिलको सो पाउलो सहरबाट ९० माइल टाढा रहेको उक्त टापुमा विश्वका सबैभन्दा धेरै सर्पहरू यहाँ पाउन सकिन्छ । अनुसन्धानले यो देखाएको छ यहाँ प्रति वर्ग मिटर करिब पाँचवटा सर्पहरू पाउन सकिन्छ ।

ब्राजिलको यस टापुमा रहेका सर्पहरू यति विषालु हुन्छन् । यी .सर्पहरुले मानिसलाई टोके तत्काल मृत्यु हुने गर्दछ । यो टापु विश्वको एक मात्र ठाउँ हो जहाँ गोल्डेन लान्सहेड भाइपर सर्प र संसारको सबैभन्दा विषालु सर्प बोथ्रोप्स पाइन्छ। ब्राजिल सरकारले पर्यटकलाई हुने जोखिम र लान्सहेड विषको कालोबजारीका कारण टापु भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

ओम्याकोन, रूस: (Oymyakon, Siberia):

तपाईलाई थाहा छ संसारको सबैभन्दा चिसो सहर कुन हो ? संसारको सबैभन्दा चिसो सहरको नाम ओम्याकोन हो । जुन रुसको पूर्वी साइबेरियामा अवस्थित छ। यहाँको तापक्रम सधैं धेरै चिसो हुन्छ र यसै कारणले यसलाई विश्वको सबैभन्दा चिसो गाउँ भनिन्छ।

यसको सबैभन्दा कम तापक्रम सन् १९२४ मा माइनस ७१.२ डिग्री सेल्सियस (-९६.१६ फरेनहाइट) थियो। यति कम तापक्रम विश्वमा कतै पनि रेकर्ड भएको छैन । यदि कोही नयाँ व्यक्ति यहाँ घुम्न गएको खण्डमा चिसोका कारण वरफ हुने गर्दछ ।

स्किलिग माइकल माउन्टेन, आयरल्याण्ड:(Skellig Michael Mountain, Ireland):

आयरल्याण्डको वेस्ट कोस्टमा अवस्थित यो हिमाल शृङ्खला विश्वको सबैभन्दा खतरनाक ठाउँहरूमध्ये एक हो। यो चट्टानी टापु हेर्नको लागि धेरै खतरनाक मानिन्छ। यहाँ पुग्न निकै चुनौतीपूर्ण हुन्छ । किनभने यहाँ पुग्न पर्यटकले कच्चा बाटो र पानीमा एक घण्टासम्म डुङ्गा चढेर जानुपर्छ ।

यहा माथिबाट ढुङ्गा खस्ने, खराब मौसमका कारण सरकारले यहाँ जान रोक लगाएको छ। हरेक वर्ष ४ वटा डुङ्गा मात्रै इजाजतपत्र लिएर यहाँ जान पाउछन् र यहाँ सीमित संख्यामा पर्यटक पुग्ने गरेका छन् ।

डानकिल मरुभूमि, इथियोपिया:(Danakil Desert, Ethiopia):

डानकिल मरुभूमिलाई संसारको सबैभन्दा तातो ठाउँ भनिन्छ। अफ्रिकाको इथियोपियाको डानकिल मरुभूमि विश्वको सबैभन्दा सुख्खा र तल्लो तहमा पर्दछ । यहाँ पुग्दा अर्को ग्रहमा आएको जस्तो देखिन्छ। यस ठाउँमा सल्फर पहाड र नदीहरू देख्न सकिन्छ। यहाँका चट्टान र माटो पनि पहेँलो रङको देखिन्छ । यस ठाउँमा नुन पानीका प्राकृतिक नदीहरू बग्छन्। यहाँ एउटा महिलाको कंकाल पनि भेटिएको थियो, जुन ३.२ मिलियन वर्ष पुरानो भएको बताइएको छ ।

लेक नेट्रोन, तान्जानिया:(Lake Natron, Tanzania):

उत्तरी तान्जानियामा रहेको खतरनाक नुन ताल पृथ्वीको सबैभन्दा कास्टिक क्षेत्रहरू मध्ये एक हो। नेट्रोन तालको पानी गिलास जस्तो देखिन्छ। यस तालमा चरा पनि आएर बस्यो भने उसको शरीर जलेर खरानी हुन्छ। यो सबैभन्दा डरलाग्दो ताल देखेर धेरै मानिसहरू यसतर्फ आकर्षित हुन्छन्। तर अफ्रिकाको यो खतरनाक ठाउँमा जाँदा सावधानी अपनाउनु आवश्यक छ।

स्केलेटन कोस्ट, नामिबिया:(Skeleton Coast, Namibia):

स्केलेटन कोस्ट नामिबियाको एट्लान्टिक तटको उत्तरी भाग हो । स्केलेटन कोस्ट, कंकाल भएको ठाउँ, हेर्न निकै डरलाग्दो देखिन्छ। दक्षिण अफ्रिकाको नामिबियामा ५०० किलोमिटर फैलिएको यस क्षेत्रमा ठूलो संख्यामा हड्डीहरू भेटिएका छन्। यो ठाउँ देखेर जो कोही पनि डराउनेछन् ।

माउन्ट वाशिंगटन, संयुक्त राज्य अमेरिका: (Mount Washington, USA):

माउन्ट वाशिंगटन, अमेरिकाको सबैभन्दा खतरनाक ठाउँहरू मध्ये एकहो । यहाँ पृथ्वीमा सबैभन्दा छिटो हावा छ। यहाँ २०३ माइल प्रति घण्टा हावाको गतिको लागि विश्व रेकर्ड छ। यहाँको तापक्रम पनि माइनस ४० डिग्रीभन्दा तल रहन्छ। यहाँ तीव्र हावामा कोही पनि उभिन सक्दैन।

उत्तर सेन्टिनेल द्वीप:(North Sentinel Island, Andaman):

उत्तर सेन्टिनेल टापु रहस्यले भरिएको छ। यहाँका मानिसहरु निकै खतरनाक छन् । यहाँ कुनै पनि विकास भएको छैन। भनिन्छ, यहाँका मानिसहरु निकै खतरनाक छन् र कसैले देखेमा तुरुन्तै मार्छन् । ती मानिसहरू आफैमा खुसी हुन्छन्। केही मानिसहरू यो कुरालाई झुटो मानेर त्यो टापुमा गए। ती मानिसहरुले त्यहाँका मानिसहरूसँग पनि भेट तर उनीहरुलाई त्यही मारे भन्ने कथन छ । त्यसैले यहाँ घुम्न जान पनि निकै खतरनाक मानिन्छ ।

मङ्गलबार १३ मंसिर २०७९ ०१:४० PM मा प्रकाशित

प्रतिक्रिया