काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो । कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तय भएको छ ।
सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ । यस अघि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले अहिले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भने पनि सशक्त आन्दोलन गर्न अलमल गरेको छ।
सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेको पक्षमा प्रदर्शन गरिरहेको रास्वपाले आम रुपमा जनताको समर्थन पाउन नसकेपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको देखिएको छ।
प्रतिक्रिया