काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। तोलामा १५ रुपैयाँले घटेर आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया