×

गुह्येश्वरीमा पञ्चमकारसहितको तन्त्र पूजा

images

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा पञ्चमकारसहितको तन्त्र पूजा आराधना गरिएको छ । तन्त्र चर्चा परिवारको आयोजनामा पूजा आराधना, हवन एवं दुर्गा सप्तशती पाठ गरिएको अध्यक्ष सन्दीप सापकोटाले राससलाई जानकारी दिनुभयो । गुह्येश्वरी मन्दिरमा यसरी तान्त्रिक विधिले पूजा गर्ने परम्परा सनातनदेखि रही आएको जनाइएको छ । 

तन्त्र शाश्वत ब्रह्मविद्या भएकाले यसको परम्परा लोप हुन नदिन र यस विषयमा जानकारी दिन पनि सार्वजनिकरुपमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । गुह्येश्वरीको तन्त्र पूजा साधनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ र तन्त्र विषयका विद्वान् नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठमा लामो समय तन्त्र विषयको प्राध्यापन गर्नुभएका प्राडा विद्यानाथ उपाध्याय भट्टको पनि उपस्थिति रहेको थियो । 

वैदिक र तान्त्रिक दुवै विधि मिलेपछि नै सनातन परम्पराको सुरुवात् भएकाले पनि यसको संरक्षणमा जोड दिइएको जनाइएको छ । राजधानी काठमाडौँ ऐतिहासिक एवं पौराणिक कालदेखि नै शाक्त परम्पराको केन्द्र एवं साधना स्थलका रुपमा रही आएको तन्त्र चर्चा परिवारले जनाएको छ । -

शुक्रबार​ १६ बैशाख २०७९ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया