×

अन्य दलसँगको तालमेल तत्काल खारेज गर्ने सत्तारुढ दलबीच सहमति

images

सत्ता साझेदार दलबीच पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने सहमति भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने पनि पाँच दलबीच सहमति भएको छ ।

पाँच दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको सहमति पत्रमा सो कुरा उल्लेख छ । 

यसैगरी, पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार छ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारहरु तत्काल फिर्ता लिने पनि पाँच दलबीच सहमति भएको छ ।

त्यस्तै, पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारी तत्काल फिर्ता गर्न पहल गर्ने सहमति पनि भएको छ ।

 

 

 

शुक्रबार​ १६ बैशाख २०७९ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया