×

उपाध्याय अनुभवी र पाको नेता - अध्यक्ष ओली

images

नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

आज शोक वक्तव्य जारी गर्दै उहाँले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहनुभएका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अनुभवी अभिभावक र निरन्तर आन्दोलनमा लागिरहेको प्रतिबद्ध नेता गुमाएको बताउनुभएको छ । 

नेकपामा विभिन्न महाधिवेशन र सम्मेलनमा भाग लिनुका साथै संस्थापक महासचिव पुष्पलालको सामिप्यमा रहेर उहाँले निरन्तर कम्युनिष्ट आन्दोलनमा पु¥याउनुभएको योगदानको पार्टीले स्मरण गरेको अध्यक्ष ओलीले जारी गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ । 

 “हाम्रो पार्टी उहाँका समस्या योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँका सकारात्मक योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहनेछन् भन्ने विश्वास व्यक्त गर्दछ”, अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ । 

उपाध्यायले विसं २००७ सालको क्रान्तिबाट आफूलाई राजनीतिमा संलग्न गराउँदै कम्युनिष्ट पार्टीका विभिन्न घटकको नेतृत्व तहमा रहेर काम गर्नुभएको वक्तव्यमा जनाइएको छ । उहाँ १९८७ साल वैशाख १२ गते तनहुँ जिल्लाको रिसिङ रामजाकोटमा पिता पूर्णकान्त उपाध्याय लम्साल र आमा विद्याकुमारी लम्सालको कोखबाट जन्मिनुभएको थियो । 
 

शुक्रबार​ १६ बैशाख २०७९ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया