×

हेटौँडामा बर्डफ्लु पुष्टि भएपछि तीन हजारभन्दा बढी कुखुरा नष्ट

images

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फार्ममा रहेको तीन हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि तीन हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा, मकवानपुर कुखुरा व्यवसायी सङ्घ, जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिनिधिलगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो । सो फार्ममा पालिएको तीन हजार ४५३ वटा कुखुरा, पाँच हजार ७८० अण्डा र ४५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो ।  

उहाँका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्डफ्लु प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमूना परीक्षण भने नेगेटिभ आएको छ । 

शुक्रबार​ १६ बैशाख २०७९ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया