×

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा हालसम्म ९ जनाको मृत्यु

images

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी ९ जनाले जनाको मृत्यु भएको छ। हालसम्म १० जना बेपत्ता रहेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार पाँचथरमा दुई, धनकुटामा दुई, झापामा एक, ललितपुरमा एक, काभ्रेमा तीन जनाको मृत्यु भएको हो। झापमा एक जनालाई बाढीले बगाएको हो भने बाँकी पहिरोमा परेर मृत्यु भएको हो।

त्यस्तै बेपत्ता हुनेमा ललिपुरमा पहिरोमा परेका छ जना, धादिङमा खोलाले बगाएर एक, काठमाडौंमा बाढीले बगाएर एक, धनकुटामा दुई जना सम्पर्कविहीन भएको सशस्त्रको तथ्यांक छ।

अहिलेसम्म १६२ घरमा भौतिकरूपमा क्षति पुर्‍याएको छ भने ६ सय १९ जनालाई सशस्त्रले उद्धार गरेको छ। उद्धारका लागि १ हजार ९८ जना सशस्त्र खटिएका छन्।
पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ। क्षतिको पूरा विवरण आउन बाँकी छ।

बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ। पछिल्लो विपदबाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए। उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन्। २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन्। अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए।

काठमाडौंको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ।

प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिए। “नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपदबाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ”, उनले भने।

मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ। जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ।

शनिबार १२ असोज २०८१ १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया