×

रास्वपा नेता अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ ।

बुधबार नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेकोमा बिहीबार अदालतमा हाजिर गराएको जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार तथा गालीगलौज गरेको आरोपमा साइबर ब्युरोले पाँडेलाई बुधबार नियन्त्रणमा लिएको थियो ।

एक महिलाले पाँडेविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीका अनुसार, उजुरी दर्ता भएपछि र पक्राउ पुर्जी जारी भएपछि पाँडे बुधबार साँझ आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए । ब्युरोले बुधबार नै म्याद थपका लागि अदालतमा प्रस्तुत गर्ने तयारी गरे पनि समय अभावका कारण बिहीबार मात्र उपस्थित गराइने जनाएको छ ।

वातावरणविद्का रूपमा परिचित डा. पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । रास्वपा सरकारमा सहभागी हुँदा उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए ।

 

बिहीबार १२ भदौ २०८२ ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया