काठमाडौँ । टर्कीले आफ्नो सबैभन्दा शक्तिशाली गैर-परमाणु बम गाजप र 'एनइबी-२ घोस्ट' को सफलतापूर्वक परीक्षण गरेको छ । टर्कीले जुलाई २६-२७ मा इस्तानबुलमा आयोजित १७औं अन्तर्राष्ट्रिय रक्षा उद्योग मेला २०२५ मेलाको क्रममा यस बमको परीक्षणको भिडियो जारी गरेको हो ।
दुवै बमको तौल ९७० किलोग्राम छ । यो टर्कीको रक्षा मन्त्रालयको अनुसन्धान तथा विकास केन्द्रले डिजाइन गरेको हो । गाजप थर्मोबेरिक वारहेडले सुसज्जित छ । यी बमहरू एफ-१६ लडाकु विमानहरूबाट खसाल्न सकिन्छ ।
यो बमले सयौं वर्ग मिटर क्षेत्रलाई असर गर्न सक्छ । यसमा १० हजार विशेष कणहरू छन्, जुन विस्फोट पछि प्रति वर्ग मिटर १०.६ कणको दरले फैलिन्छ । टर्कीको रक्षा मन्त्रालयले दुबै बमहरूको सबै परीक्षणहरू पूरा भइसकेका छन् र अब यो प्रयोगको लागि तयार रहेको बताएको छ ।
टर्कीले हालैका दशकहरूमा आफ्नो सैन्य प्रविधि द्रुत रूपमा विकास गरेको छ । अब यो रक्षा क्षेत्रमा आत्मनिर्भरता तर्फ अघि बढिरहेको छ ।
टर्कीको रक्षा नीतिको लक्ष्य विदेशी लगानीकर्ताहरूमाथिको निर्भरता घटाउनु र स्वदेशी उत्पादनहरूलाई प्रवर्द्धन गर्नु हो । यसका लागि टर्कीले मिसाइल, बख्तरबंद सवारी साधन, नौसेना जहाज र विमान जस्ता प्रविधिमा प्रमुख कदम चालेको छ ।
टर्कीसँग ताइफून, सिपर, सपान लगायत धेरै मिसाइलहरू छन् । ताइफून ब्लक-४ टर्कीको पहिलो हाइपरसोनिक ब्यालिस्टिक मिसाइल हो, जसको दायरा ८०० किलोमिटर र गति म्याक ५ भन्दा बढी छ । यसको तौल २,३०० किलोमिटर छ र यो ६.५ मिटर लामो छ ।
प्रतिक्रिया