×

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

images

मौद्रिक नीतिको पछिको पहिलो कारोबारमा सेयरबजारमा सकारात्मक सर्किट लागेको छ। आइतबार काराबार खुलेको १ मिनेटमै ३.९९ प्रतिशतले नेप्से बढेपछि सकारात्मक सर्किट ब्रेक गरेको हो। मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयरधितो कर्जाको संस्थागत तर्फको २० करोडको सीमा खारेज गरेसँगै आइतबार खुलेको बजारमा प्रि–ओपनिङ सेसनमा नै ३.९९ प्रतिशतले नेप्से बढ्दै बजार हल्ट हुन पुगेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार ११ बजेसम्ममा नेप्से सूचक १०२.६८ अंकले बढ्दै २६७०.८२ विन्दुमा उक्लिएको छ । तर कारोबार भने २७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । 

आइतबार​ १३ साउन २०८१ ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया