×

निलम्बित मुख्यसचिव अर्याल भए विशेष अदालतमा उपस्थित

images

काठमाडौं,१३ साउन । भ्रष्टाचारको मुद्दा लागेका  निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छ्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बउानका लागि अदालतमा उपस्थित भएका हुन् ।

आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ । अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।

आइतबार​ १३ साउन २०८१ ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया