×

तीनकुनेस्थित आगजनीमा जलेर पत्रकारको मृत्यु

images

काठमाडौं । राजाबादीको आन्दोलनका बीच तीनकुनेस्थित आगजनी गरिएको भवनमा आगोमा जलेर एक पत्रकारले ज्यान गुमाएको पाइएको छ।

उक्त भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्यूजका पत्रकार सुरेश रजकको ज्यान गएको हो। राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन्। एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताएका छन् ।

शुक्रबार​ १४ चैत २०८१ ०७:२७ PM मा प्रकाशित

प्रतिक्रिया