×

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल सिफारिस

images

काठमाडौं । सरकारको महान्यायाधिवक्तामा अधिवक्ता  डा. दिनमणि पोखरेल  नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको तयारी गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका  डा. पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाएका थिएनन् । उनी सर्वोच्च अदालतको न्यायाधीशका दाबेदारसमेत थिए । स्रोतका अनुसार  डा.पोखरेल नियुक्त हुने निश्चित भएको छ ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गरेका थिए । 

मङ्गलबार १२ पुस २०७९ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया