×

बेपत्ता बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक नै त्रिशूलीमा हरायो

images

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता दुईवटा बसको खोजी कार्यमा पत्तालगाउन प्रयोग गरिएको १९ किलो तौलको चुम्बकीय उपकरण नै आज हराएको छ । भारतीय गोताखोरले प्रयोग गरेको उक्त चुम्बक नै त्रिशूलीमा बेपत्ता भएपछि आज शनिबारका लागि खोजी कार्य स्थगित गरिएको छ । १९ किलो र १४ किलोको दुईवटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरु गरिएको थियो। तर खोजी गर्ने क्रममा १९ किलोको चुम्बक हराएको छ।

यसअघि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित स्थानमा बस रहे–नरहेको पत्ता लगाउन भारतीय गोताखोर टोलीले ‘म्याग्नेटिक डिभाइस’ चम्बकीय उपकरण ल्याएर खोजी कार्य गर्ने बताएको थियो । भोलि बिहान भारतीय टोलीले थप खोज्ने किनखोज्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको प्रजिअ यादवले बताए।

गत असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए। गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रू रहेको अनुमान गरिएको छ।

शनिबार १२ साउन २०८१ ०९:०७ PM मा प्रकाशित

प्रतिक्रिया