×

सोमबार संसदीय सुनुवाइ समिति बैठक : निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने बारे निर्णय हुने

images

काठमाडौं। संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।

आगामी सोमबार विहान साढे ११ बजे बस्नेगरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो। बैठकले निर्वाचन आयोगको आयुक्तमा प्रतावित कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिने बताइएको छ।

निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको सुनुवाइ सकिएको छ । आयुक्तमा उनलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भने हुन सकेको छैन । यसअघि नेपाल कानुन समाजमा कार्यरत रहेका प्रधानमाथि यौन शोषणको आरोप छ।

यौन शोषणविरुद्धको मुद्दा मेलमिलापमार्फत टुङ्ग्याइएकाले उनी आयुक्तका लागि अयोग्य रहेको भन्दै सांसदहरुले उनको नैतिक चरित्रमाथि प्रश्न उठाइरहेका छन्।

संवैधानिक परिषदले असार २ गते नै प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। गत साउन ९ गते प्रधानमाथि सिंहदरबारमा संसदीय सुनुवाइ भएको थियो । सो क्रममा उनले आफू निर्वाचन आयुक्तमा नियुक्त भएमा गर्ने कार्य योजनाहरू प्रस्तुत गरेका थिए भने सांसदहरूले उनीमाथि परेको उजुरी र आरोपबारे जिज्ञासा राखेका थिए । 


समितिले ‘उजुरी नम्बर ४’ नाम दिएकी महिलाले आफूलाई विगत ६ वर्षदेखि प्रधानले यौन शोषण गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन । यस्तै अन्य ३ जनाले पनि उनको विषयलाई लिएर उजुरी दिएका थिए । 

बुधबार बसेको बैठकमा सांसदहरूले उनले प्रस्तुत गरेको कार्ययोजना राम्रो भए पनि राज्यको उच्च तहको जिम्मेवारी दिनका लागि उच्च नैतिक चरित्रको आवश्यक पर्ने तर ‘उजुरी नम्बर ४’ले को उजुरी र पेस गरेको प्रमाणका आधारमा उनको नैतिकता कमजोर रहेको विषय उठाएका थिए ।

शनिबार १२ साउन २०८१ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया