×

नेपालमा पर्यटनको अथाह सम्भावना छ– प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताएका छन् । आज (सोमबार) नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्दैै पर्यटन विकासमा जोड दिन आवश्यक रहेको बताएका हुन् । देशमा पर्यटन विकासका लागि उच्चस्तरको गुणस्तरीय जनशक्ति विकास गर्नु आजको आवश्यकता भएको उनले बताए ।

‘नेपालमा पर्यटनको अथाह सम्भावना रहेको छ । देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै क्षेत्रहरुमा विकास गर्न एकदम जरुरी भइसकेको छ,’– उनले भने ।

साथै, नेपाल सरकारको तर्फबाट संस्थालाई चाहिने सहयोगका लागि आफू प्रतिवद्ध रहेको पनि उनले बताए । पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले ५०औं वर्ष पुरा गर्नु आफैंमा गौरवको कुरा भएको उनको भनाई छ ।

सोमबार १३ चैत २०७९ ०९:०३ PM मा प्रकाशित

प्रतिक्रिया