ललितपुर- ललितपुरको इमाडोलमा एक जनाको हत्या भएको छ। महालक्ष्मी नगरपालिका- ४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति एक पुरूषको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
हत्या भएका व्यक्ति रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय रिपक खाती रहेको एसएसपी अधिकारीले जानकारी दिए। हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।‘
उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ इमाडोल प्रहरी स्रोतले भन्यो ।
प्रतिक्रिया