×

पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी अर्को जाहेरी

images

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित चितवन पुगेकी छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।

images

अभिनेता पल शाह पक्राउ

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।  यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बत...

प्रहरीका अनुसार  जाहेरीमा ७ चैतमा चितवनको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

पलले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका छन ।  यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । 

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले प्रहरीसामु आफैँ उपस्थित हुने जानकारी गराएका थिय । गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शनमा आएको आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका थिय। 

आइतबार​ १५ फागुन २०७८ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया