×

अभिनेता पल शाह पक्राउ

images

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।  यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । 

images

पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी अर्को जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर एक अर्की पीडित चितवन पुगेकी छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा किटा...

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले प्रहरीसामु आफैँ उपस्थित हुने जानकारी गराएका थिय । गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शनमा आएको आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका थिय। 

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको उनले बताएका थिय। ‘नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसामु म आफैँ आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’शाहले लेखेका छन् ।

 

एक नाबालिग गायिकाका बुबाले प्रहरीमा उनी विरुद्ध जबरजस्ती करणी आरोपमा किटानी जाहेरी दिएका छन्।

आइतबार​ १५ फागुन २०७८ १२:३८ PM मा प्रकाशित

प्रतिक्रिया