काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग शनिबार निर्वाचनबारे छलफल गर्ने भएकी छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले भोलि दिउँसो ४ बजे एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका
शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् । उनले ओली र प्रचण्डलाई पनि भेट्दैछन् । साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्षनेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।
सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका हुन् ।
संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी हुन् ।
प्रतिक्रिया