काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् ।
शर्माले अहिले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् । शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय भएको छ ।
प्रतिक्रिया