×

जाँचबुझ आयोगका अध्यक्ष र सदस्यविरूद्ध सर्वोच्चमा रिट पेस

images

काठमाडौं । सरकारले जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरूविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरूद्ध अधिवक्ता विपिन ढकालले रिट पेस गरेका हुन् । आयोगका पदाधिकारीलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेस भएको तर दर्ता भने भएको छैन । 

रिट निवेदकलाई सोमबार बोलाइएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । रिटमा आयोगका पदाधिकारी पूर्वाग्रही देखिएको र जाँचबुझको विषयवस्तुबारे तटस्थ नभएकाले समितिमा बस्न नमिल्ने दाबी गरिएको छ । 

जेनजी आन्दोलनपछि गत असोज ५ गते बसेको मन्त्रिपरिषदले आन्दोलनकाक्रममा भएको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वरप्रसाद भण्डारी रहेका छन् । आयोगको कार्य अवधि तीन महिना रहेको छ ।

आइतबार​ १० कात्तिक २०८२ ०८:२३ PM मा प्रकाशित

प्रतिक्रिया