×

एमालेको पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतको रोइलो गलत छ- सुर्य थापा

images

काठमाडौँ । नेकपा एमालेका नेता सुर्य थापाले पार्टी पुनर्गठनको कुरा उठाउनु गलत भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत भएको टिप्पणी गरेका हुन् । 

उनले जेनजीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय नभएको बताएका छन् । उनले भनेका छन्- 'पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत छ। जेन जीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।'

 

शुक्रबार​ १० असोज २०८२ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया