×

सांसदहरूलाई सभामुखकाे आग्रह– मास्क लगाउनुस्

images

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । 

कोरोना सङ्क्रमण बढिरहेको भन्दै सभामुख सापकोटाले आज मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा सबै सांसदलाई मास्क लगाउन आग्रह गर्नुभएको हो । 

सभामुखले बैठकमा भन्नुभयो, ‘कोभिड–१९ को सङ्क्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ, तसर्थ संसदका बैठकहरूमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु ।’

मङ्गलबार १० साउन २०७९ ०२:४१ PM मा प्रकाशित

प्रतिक्रिया