काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि अघिल्लो कारोबार दिन (शुक्रबार) छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ५२ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५८ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूले जनाएका छन्।
प्रतिक्रिया