×

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

images

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा पुगेको छ।

यस्तै युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा तय हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा कायम भएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १८९ रुपैयाँ ६० पैसा तोकिएको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।

एसियाली मुलुकहरूतर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा तोकिएको छ।

वैदेशिक रोजगारीका मुख्य गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४६ पैसा हुँदा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा तोकिएको छ। यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा रहेको छ।

अन्य मुद्राहरूमा थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५४ पैसा र बिक्रीदर १० रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा एवं डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा कायम भएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा तथा ओमनी रियाल एकको खरिददर ४०० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

नेपाली रुपैयाँको स्थिर दर रहेको भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। राष्ट्र बैंकका अनुसार यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ भने वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक पर्न सक्नेछ।

आइतबार​ १० साउन २०८३ ०९:१० AM मा प्रकाशित

प्रतिक्रिया