×

जेठ १२ गते बिहीबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगती गर्न सकिने छैन । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा बिस्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पती तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा राम्रो प्रगति हुने तथा पुरस्कार जित्न सकिनेछ । सामाजिक तथा तारिफयोग्य काम गरि चर्चामा आउन सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुची बढ्नेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले केही समय पर्खनु नै राम्रो हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) योजना कार्यान्वयनको चरणमा लैजान सकिनेछ । ईमान्दारिता र लगनशिलताले लक्ष्य पहिल्याउन सहज हुनेछ । अथितिका रुपमा स्वागत तथा सत्कार पाईनेछ । यात्रा राम्रो तथा उपलब्धीमुलक हुनेछ । धार्मिक यात्राको तय हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । रमाईलो यात्राको बीच मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागी गरिने क्रियाकलापहरुबाट मनग्ने धन आर्जन गर्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो तथा व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्या तथा प्रतिस्पर्धामा सहपाठिहरुलाई पछी पार्दे पुरस्का तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने मन परेका मानिसबाट उपाहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रशन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनैपनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरिमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछी लाभहुने काम सुरु गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्द अग्र स्थानमा तपाईँको नाम आउनेछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाईहरु जनमानसमा लैजान सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने अध्ययनकै सवालमा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापारमा वृद्धि हुने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लेखन कला तथा साहित्यमा बाकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउने चाहनेहरुला लगी समय उत्तम रहेकोछ । आफन्तका साथ रमाइलो गर्दै समय व्यातित गर्न सकिनेछ । गीत संगितमा समय लगानी गर्नेहरुका लागी आर्थिक क्षेत्र बलियो रहनेछ । पढाइ लेखाइमा सुधार हुनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । सामाजीक क्षेत्रमा आफ्नो पहुच विस्तार गर्न सकिनेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ ।

बिहीबार १२ जेठ २०७९ ०७:३४ AM मा प्रकाशित

प्रतिक्रिया