×

सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

images

काठमाडौं । दोहोरो अंकले बढेको मंगलबारको नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको हो ।

आज नेप्से १३.६८ अंकले घटेर एक हजार ८ सय ९२ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको थियो ।

त्यस्तै, आज ८४ करोड ७० लाख २८ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ३.२५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.१२ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड एक रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बुधबार १३ बैशाख २०८० ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया