काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार बढेको छ । आज बजार १४.२१ अंकले बढेर २९५०.१६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढेर बन्द भए पनि कारोबार रकम भने घटेको छ । बुधबार १५ अर्ब ९ करोडको कारोबार भएको बजारमा आज १३ अर्ब १६ करोडको कारोबार भएको छ । त्यसैगरी आज १७८ कम्पनीको सेयर मुल्य बढेको छ भने ८० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
प्रतिक्रिया