×

चार स्रष्टालाई घुम्ति सम्मान

images


घुम्ति कवि गोष्ठी नेपालले चार जना साहित्यिक स्रष्टाहरुलाई घुम्ति सम्मान अर्पण गर्ने भएको छ । घुम्ति कवि गोष्ठीको अध्यक्ष रामकुमार पण्डित क्षेत्रीको अध्यक्षतामा बसेको

बैठकले साहित्यकारहरु शङ्कर भारती, डिल्लीप्रसाद मुलतिहुन,धन्वन्तरि मिश्र(कात्यायन) र रन्जु खनाल लाई सम्मान प्रदान गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष रामकुमार

पण्डित क्षेत्री,उपाध्यक्ष माधवलाल श्रेष्ठ ,सचिब मन्जुश्री केसी प्रधान,कोषाध्यक्ष रामचन्द्र दाहाल,सदस्यहरु त्रिलोचन आचार्य ,परशुराम परासर र कपन बानेश्वर साहित्यिक

साप्ताहिकका सह सम्पादक प्रशुराम अधिकारीको उपस्थितिमा भएको बैठकले आगामी बैशाख ९ गते शनिबार साहित्यकार वेदमणि घिमिरेको घरमा हुने १२५ औं घुम्ति

कवि गोष्ठीको अवसरमा सो सम्मान प्रदान गरिने जानकारी गराइएको थियो । हरेक पच्चीस शृङ्खलामा प्रदान गरिने घुम्ति सम्मानबाट यस अघि पिताम्बर भण्डारी,भुवनहरि

सिग्देल,  नरनाथ लुइटेल,मन्जुश्री केसी प्रधान,निबन्ध आचार्य, शीतल गिरी,ढुण्डीराज मरासिनि,डा विदुर चालिसे,डा बमबहादुर थापा जिताली,ओमप्रसाद कोइराला,प्रेम राइ

परिक्षित,पुरुषोत्तम नेपाल लगाउन सम्मानित भइसक्नु भएको छ । हरेक महिनाको दोस्रो शनिबार बिहान विभिन्न स्थानमा कवि गोष्ठी गर्दै आएको घुम्ति कवि गोष्ठी नेपालले

पच्चीसौ शृङ्खलामा सम्मान प्रदान गर्ने र त्यसपछि सस्थामा नेतृत्व परिवर्तन गर्ने परम्परा कायम गरिदै आएको छ 

आइतबार​ १२ चैत २०७९ १०:५१ AM मा प्रकाशित

प्रतिक्रिया