काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गोखरकाली मन्दिर दर्शनका लागि आज(आइतवार) गोरखा जाँदैछन् । नेपाली सेनाको हेलिकोप्टरमा उनी गोरखा जान लागेका हुन् ।
राष्ट्रपतिको प्रेस सल्लाहकार खिला कार्कीले राष्ट्रपति पौडेल आइतवार बिहान ९ः३० बजे गोरखा जान लागेको बताए । उनले भने,‘राष्ट्रपति ज्यू गोरखा जानुहुँदैछ । सेनाको हेलिकोप्टरबाट उहाँ गोरखा जान लाग्नु भएको हो । गोरखामा दक्षिणकाली मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । बाँकी कार्यक्रम गोरखाका सिडिओको तजबिजमा होलान् ।’
राष्ट्रपतिमा निर्वाचितपछि यो पौडेलको पहिलो जिल्ला भ्रमण हो । भ्रमणका क्रममा गोरखा दरवार अवलोकन गर्ने, पृथ्वीनारायण शाहाको शालिकमा माल्यार्पण गर्ने लगायतका कार्यक्रम रहेका छन् । राष्ट्रपति पौडलेको भ्रमण लक्षीत गरेर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । यातायात प्रवन्ध भने सामान्य नै रहनेछ ।
सरकार बिशिष्ठ व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि ०७७ परिमार्जनको अन्तिम चरणमा छ । नयाँ कार्यविधि पास भइनसकेको हुँदा राष्ट्रपतिको सवारी पुरानै कार्यविधि अनुसार चलाउनु पर्छ । तर, राष्ट्रपति पौडेल तामझामसहितको सवारी हटाउने पक्षमा छन् । उनकै निर्देशन अनुसार पछिल्लो दिन सवारी बिना तामझाम नै चलाइँदै आइएको छ ।
प्रतिक्रिया