×

१६ औं एसियन क्रस–कन्ट्री च्याम्पियनसिप नेपालमा हुने

images

नेपाल एथलेटिक्स संघको आयोजनामा २०७९ साल फागुन २३ गते मंगलबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने १६ औं एसियन क्रस–कन्ट्री च्याम्पियनसिपको पूर्वसन्ध्यामा होटल मल्ल, लैनचौरमा शुक्रबार आयोजित फेलोसिप डिनरको अवसरमा संघले विभिन्न तीन संस्था÷कम्पनीसँग सहकार्य गर्ने बताउनु भयो ।

संघले बागमती प्रदेश खेलकुद विकास परिषद, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एमएडब्ल्यु इन्टरप्राइजेज प्र.लि.सँग सम्झौता भएको जानकारी समेत् दिनु भयो । 

एसियन एथलेटिक्स एसोसिएसन (एएए) ले दुई–दुई वर्षमा सञ्चालन गर्दै आएको एसियन क्रस–कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना गर्नको लागि बागमती खेलकुद विकास परिषदले सहयोग गर्ने सम्बन्धी सम्झौता–पत्रमा संघका अध्यक्ष राजीव विक्रम शाह र परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले हस्ताक्षार गर्नु भएको थियो ।

एनएलआईसीएलको तर्फबाट प्रमुख प्रेमा राज्यलक्ष्मी सिंहले प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा हस्ताक्षर गर्नुभयो । त्यस्तै, एमएडब्ल्यु इन्टरप्राइजेजको तर्फबाट मार्केटिङ म्यानेजर रमेश दनेखुले हस्ताक्षर गर्नु भएको थियो ।

सो च्याम्पियनसिपमा एसियन एथलेटिक्स एसोसिएसनका सदस्य ४५ देशमध्ये धेरै देशका खेलाडी सहभागि हुन नेपाल आउने आशा गरिएको छ ।

पुरुष र महिलाका सिनियर र जुनियर गरी इन्डिभिज्युअल चार इभेन्ट्समा प्रतिस्पर्धा हुने छ । यसै साता नेपाली खेलाडीको छनोट प्रतियोगिता पनि भइसकेको छ

आइतबार​ १४ फागुन २०७९ १०:२५ AM मा प्रकाशित

प्रतिक्रिया