काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन १५.८३ अंकले बढेर शेयर बजार दुई हजार ६८३.२४ बिन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ३४ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया