काठमाडौँ । काठमाडौं महानगरपालिकाविरुद्ध कबाड व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
कानून अनुसार हरेक नेपालीले बिना रोकटोक व्यापार व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित महानगरको यो हस्तक्षेपको व्यवसायीहरुले विरोध गरेका हुन् ।
उनीहरुले लाखौं नागरिकको रोजीरोटीसँग जोडिएको यो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुको सट्टा कानूनी शासनको उपहास गर्दै लुटपाट, छिनछोर, तोडफोड, कुटपिट लगायतका अपराधिक कार्य गर्ने गराउने जोसुकै भएपनि कानुनी कारवाहीको दायरामा ल्याउन गृह प्रशासनको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया