×

बागमतीमा काँग्रेसका चार मन्त्रीको राजीनामा

images

हेटौंडा । बागमती प्रदेश सरकारमा काँग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाप्रति असन्तुष्टि जनाउदै कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका छन् । 

राजीनामा दिने मन्त्रीहरुमा सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मधुकुमार श्रेष्ठ रहेका छन् । बागमतीमा कांग्रेसबाट आठ मन्त्री रहेका छन् ।

राजीनामालाई मुख्यमन्त्री लामालाई हटाउने अभियानका रुपमा हेरिएको छ । बागमतीमा काँग्रेसका ३७ सांसद रहेका छन् । लामालाई हटाउनुपर्छ भन्नेमा बहुमत सांसद रहेको दाबी गरिएको छ । 

 

शुक्रबार​ १० साउन २०८२ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया