काठमाडौ । राष्ट्रपतिको उम्मेदवार, वर्तमान गठबन्धन,पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल गर्न नेकपा एमाले सचिवालय बैठक बस्दैछ ।
बैठक बिहान ९ बजे ललितपुरस्थित च्यासल पार्र्टी कार्यलयमा बस्दैछ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ ।
सत्ता साझेदार माओवादी केन्द्रले राष्ट्रपतिमा प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सघाउने निर्णय गरेपछि एमालेले आफूनिकट दलहरूसित मिलेर आफ्नो उम्मेदवार टुंग्याउने तयारी गरेको छ।
प्रधानमन्त्री प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो । सरकार छाड्ने÷नछाड्ने निर्णय पनि आजकै बैठकले गर्ने छ ।
प्रतिक्रिया