×

नेपाल ओलम्पिक कमिटीको साधारण सभा सम्पन्न

images

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको १३ औ साधारण सभा शुक्रबार सातदोबाटोस्थिति कार्यालयमा सम्पन्न भएको छ । त्यस अवसरमा कमिटीका अध्यक्ष तथा संस्कृति, पयर्टन तथा नागरिक उडडन मन्त्री जीवनराम श्रेष्ठ कमिटीको भावी नीति र कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । उहाँले नेपाली विकासका लागि सबे पक्ष मिलेर सहकार्य गरेर अगाडि बढ्नु बाहेक अर्को विकल्प नभएको बताउनु भयो ।

बन्द सत्रमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सन् २०२२ को प्रगति विवरण पेस गर्दै भावी कार्यक्रमबारे प्रकाश पार्नु भयो । यस्तै कोषाध्यक्ष रतनकुमार टण्डनले सन् २०२३ को अनुमानित बजेट पेस गर्दै आर्थिक वर्ष ०७८/०७९ को आर्थिक विवरण पेस गर्नु भयो । कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२३ मा हुने अन्तर्राष्टिय प्रतियोतिगाबारे जानकारी दिर्दै त्यसका कार्यक्रमबारे विस्तृतमा बताउनु भयो ।

सन् २०२३ मा हुने प्रमुख अन्तर्राष्टिय प्रतियोगितामा १९ औं एसियाली खेलकुद, छैटौं एसियाली इन्डोर मार्सल आर्ट्स, दोस्र् ाएनोक वर्ल्ड विच गेम्स र १४ औं दक्षिण एसियाली खेलकुद रहेका छन् । त्यसमध्ये एसियाली खेलकुद चीनको हानचाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ । यस्तै एसियाली इन्डोर मार्सल आर्ट्स थाइल्यान्डको बैंकक र छोनबुरीमा नोभेम्बर १७ देखि २६ सम्म हुनेछ । एनोक वर्ल्ड बिच गेम्समा अगस्ट ५ देखि १२ सम्म हुनेछ ।

दक्षिण एसियाली खेलकुदबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ । कमिटीका केन्द्रिय सदस्य गोपालसुन्दर लाल कक्षपतिले एनओसी अवार्ड र यसको भविष्यको कार्यक्रमबारे प्रकाश पार्नु भयो । यस्तै कमिटीअन्तर्गत स्पोर्टस अफ अलका विष्णगोपाल श्रेष्ठ, ओमन एन्ड स्पोर्टसकी विमला पौडेल, स्पोर्टस एन्ड इनभारमेन्टकी डोल्मा लामा शाह र मेडिकल कमिसनका सरोजकृष्ण श्रेष्ठले सन् २०२२ मा भएको कार्यक्रमबारे बताउनु भयो ।
त्यस अगाडि उद्घाटन सत्रमा कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान र सल्लाहकार शरतसिंह भण्डारीलाई प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएकोमा बधाइ ज्ञापन गर्दै सम्मान गरिएको थियो । त्यस अवसरमा प्रधान र भण्डारीसँगै सल्लाहकार पुरुषोत्तम पौडेल र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले नेपालको खेलकुद क्षेत्रबारे आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । 
 

शनिबार ९ पुस २०७९ १०:३७ AM मा प्रकाशित

प्रतिक्रिया