×

नितु पौडेल आत्मदाह प्रकरण- बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

images

काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाई गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाई गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् ।

गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८-९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

गएको शनिबार (कात्तिक १) दिउँसो काठमाडौंको अनामनगरस्थित गिरीको कार्यालयमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । उपचारका क्रममा शुक्रबारै बिहान कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो ।

उनको मृत्युपश्चात् गिरी आफैँ प्रहरी कार्यालयमा पुगेका थिए ।

शुक्रबार​ ८ कात्तिक २०८२ ०६:२५ PM मा प्रकाशित

प्रतिक्रिया