×

नेप्से मंगलबार उच्च अंकले घटेर बन्द

images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले घटेर बन्द भएको छ । नेप्से ५८.९३ अंकले घटेर दुई हजार ४ सय ७० दशमलव ३९ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से नेप्से ५९.०२ अंकले घटेर दुई हजार ५ सय २९ दशमलव ३३ विन्दुमा बन्द भएको थियो ।     नेप्सेमा आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १० वटाको बढेको छ भने २३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ७.८३ प्रतिशतले बढेर प्रतिकित्ता ८७९ रुपैयाँ पुगेको छ ।

हिमालयन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १८ करोड ४१ हजार बराबरको कारोबार भएको छ । एक दुईजना शेयर मार्केट विश्लेषकका अनुसार दशैंका कारण शेयर किन्नेभन्दा बेच्नेको संख्या बढी भएकाले नेप्से उकालो लाग्न नसकेको र अबको शेयर मार्केटको भविष्य दशैंतिहारपछि मात्रै एकिन गर्न सकिने भएको छ ।

मङ्गलबार ८ असोज २०८१ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया