×

खोप अभियानले प्राथमिकता पाउन सकेन, डेढ लाख मात्रा कोभिशिल्ड खोपको म्याद गुज्रियो

images

 नेपालमा विगत एक महिनादेखि कोरोना संक्रमण दर उकालो लागि रहेपनि खोप अभियानले प्राथमिकता पाउन सकेका छैन् । खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा कोभिशिल्ड खोप खेर गएको छ ।

खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा झण्डै डेढ लाख डोज कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार बागमती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो ।

बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ । बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ ।

आइतबार​ ८ साउन २०७९ ०२:०४ PM मा प्रकाशित

प्रतिक्रिया