×

चैत्र ११ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुरा काट्ने र विरोध गर्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ । मुड घरिघरि अशान्त बन्नसक्छ, योग र मेडिटेशनप्रति आकर्षित हुनु राम्रो हुन्छ, किनभने आज मिहिनेत गरेमा हरेक क्रियाकलापमा सफल बन्न सकिने दिन छ । स्वास्थ्यमा कमजोरी र शरीरमा आलस्य जाग्नाले कारोबार प्रभावित हुने समय छ, अरूको करकापमा परेर काम गर्नुपर्ने परिस्थितिसमेत देखिन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । निर्धारित कार्यक्रमअनुसार प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो । आज राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिरने सौख जाग्नेछ, आफ्नै लागि वा जीवनसाथीका लागि वस्त्र वा आभूषणादि खरीद गर्ने मनसाय बन्नसक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नहुन सक्छ । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । झगडालु र घमण्डी मनोवृत्तिको उदय हुनेछ, तर कुनै परीक्षा वा प्रतिस्पर्द्धाको तैयारी गर्दै हुनुहुन्छ भने खेलवाड र मनोरञ्जन त्याग्नुहोला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परीक्षा वा अन्तर्वाता छ भने सफलता मिल्नेछ, प्रतियोगी/प्रतिस्पर्द्धीमाथि हाबी हुने समय हो । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि अहिले बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नु बेस हुन्छ । आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आज पार्टनरसमक्ष आफ्ना कुरा थोपर्नेमात्र होइन, उसका कुरा सुनेमा पनि सन्तुष्टि हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हाकिम वा सिनियर कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने दिन हो । आज सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सक्नुहुन्छ । कुनै प्रशासनिक काम वा आधिकारिक यात्रा स्थगित हुनसक्छ । नयाँ लगानी वा व्यापारविस्तारका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अत: व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कारोबारमा खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने समय हो । रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङ जस्ता क्षेत्रमा बढी लाभ हुनेछ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा आज सहपाठी र गुरुहरूको सहयोग लिएको राम्रो हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सुरुमा कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही र जुनियर स्टाफ रुष्ट हुनसक्ने समय हो, तर पछि सहकर्मीको साथ पाउनाले कुनै जटिल समस्यासमेत हल गर्न सकिने छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । बोलीमा विशेष सामर्थ्य भएको राम्रो दिन छ । आज आफ्नो रूपविन्यास र साजसज्जाका निमित्त केही धनराशि खर्च गर्ने समय छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, सचेत हुनुहोला । लगनशील भएर ध्यान केन्द्रित गरेमा उत्कृष्ट परिणाम प्राप्त हुने समय हो, अझ मिहिनेत गर्नुहोस्, तपाईंको प्रयासमा भाग्यले समेत साथ दिनेछ । स्थान परिवर्तन गर्ने वा काम बदल्ने धारणा छ भने प्रयास गर्ने समय हो । जानकार वा अनुभवीको सल्लाह लिएमा फाइदा हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
उच्च महत्त्वाकाङ्क्षा राख्नु ठीक होइन, सानो लापरबाहीले दूरगामी भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । धन, मान र प्रतिष्ठामा विकार भएको परिस्थिति छ, अत: जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै दायित्व र जिम्मेवारीप्रति हेलचक्र्याइँ गर्नुहुँदैन । शरीर भारी हुने समय हो, कुनै काम गर्दा सामान्य त्रुटि हुनसक्ने वा बिलम्ब हुने लक्षण छ । बरु बित्ने परिस्थिति छैन भने काम छाडेर आराम गर्दा उचित हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । जीवनसाथी वा प्रेमी/प्रेमिकाका तर्फबाट खुसीको खबर सुन्न पाउनु हुनेछ । पुरुषले ससुरालीमा र महिलाले माइतीमा सम्पर्क गरी खैखबर बुझ्नु होला । गृह निर्माण, फर्नीचर र साजसज्जाका सामाग्री, शयन उपकरण, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारबाट मनग्ये लाभ पाउने दिन हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । मौखिक अभिव्यक्तिका काम अर्थात् रिसेप्सन, कर्मकाण्ड, शिक्षण, वकालत, लेखन/प्रकाशनको काम र साहित्य/सङ्गीत आदि क्षेत्रका व्यक्तिले सम्मान पाउने र फाइदा बटुल्ने दिन हो । कुनै नयाँ प्रस्ताव वा योजना छ भने यसमा खुलेर छलफल गर्नु मुनासिब हुनेछ । साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ, अरुलाई प्रभावित बनाउने कुनै पनि अवसर चुकाउनु हुँदैन । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्ने समय हो । हुन त घरपरिवार र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समयावधि हो, तर पनि उनीहरूलाई आफ्नो कमजोरी र उदार स्वभावको फाइदा लिन दिनुहुँदैन । सेवाग्राही र सहयोगीको भूमिका देखेर मन हलुका र प्रसन्न रहनेछ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । 

शुक्रबार​ ११ चैत २०७८ ०५:०१ AM मा प्रकाशित

प्रतिक्रिया