×

आजको मौसम 

images


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । 
महाशाखाका अनुसार आज, कोशी प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।  
आज राति भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 
 

शुक्रबार​ १० चैत २०७९ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया